मकवानपुरकाे श्रमिक विद्यालयमा रहेका ४५ जनामा काेराेना सङ्क्रमण पुष्टि

 भदौ १०, २०७७ बुधबार २०:३:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडाकाे कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा एक सय ४३ जनाको स्वाब सङ्कलन गरिएकामा ४५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

मकवानपुर र आसपासका जिल्लाबाट सङ्कलन गरिएको पाँच सय स्वाब मध्ये एक सय ४३ जनाको स्वाब हेटौँडाबाट सङ्कलन गरिएको थियो । त्यसमध्ये ४५ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्राविधिकले बताएका छन् । 

मकवानपुरको भीमफेदीमा सङ्कलन गरिएका स्वाबकाे नतिजा भने नेगेटिभ आएको छ । 

यसैगरी हेटौँडाको प्रादेशिक कोरोना परीक्षण प्रयोगशालामा नभ्याएर काभ्रेको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुर र आसपासका जिल्लाका गरी ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया