म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
सुर्खेत - सुर्खेतमा एक किशोरीको सर्पले टोकेर ज्यान गएको छ । पञ्चपुरी नगरपालिका–१० तातापानी गल्फाकी १४ वर्षीया हरिकला उपाध्यायको सर्पले टोक्दा मंगलबार बिहान जयान गएको हो ।
बिहान ५ बजेतिर हरिकलालाई सर्पले टोक्दा पनि उपचार गर्नुको सट्टा झारफुक गर्न लाग्दा ज्यान गएको पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्तिदेवी पुरीले जानकारी दिनुभयो ।
२०७१ सालमा आएको बाढीले बिस्तापित भएर पञ्चपुरीको तातापानीमा बस्दै आएकी उपाध्यायलाई बिहान शौचालय जाने बेलामा सर्पलले टोकेको थियो । ‘बिहान शौचालय जाने बेलामा सर्पले टोकेको रहेछ । अस्पताल ल्याउनुको सट्टा झारफुक गर्न लाग्नु भएछ’ उपप्रमुख पुरीले भन्नुभयो, ‘हामीले मृत्यु भइसकेपछि थाहा पायौं ।’
हरिकला कक्षा ८ मा अध्ययनरत थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।