कोरोना कहर : विदेशमा रोजगारी गुमाएर फर्केकाहरु अलमलमा

 भदौ ११, २०७७ बिहिबार १२:६:३४ | सुजता सुनुवार

इलाम – ‘मन त देशमै केही गरौं भन्ने छ, तर धन छैन,’ कोरोनाको कारण कतारमा रोजगारी गुमेपछि घर फर्कनुभएका तेह्रथुमका नेत्र लिम्बू भन्नुहुन्छ । 

नेत्र २०६४ मा कतार जानुभएको थियो । सपना त उहाँको पनि देशमा कमाएर देशमै केही गरौंला भन्ने थियो । त्यही सपना पछ्याउँदा पछ्याउँदै१४ वर्ष परदेशमै बित्यो । न सपना पूरा भयो, न त फर्कनेबेला हातमा दुई चार रुपैयाँ नै । कोरोनाले संसारलाई छोप्यो । परदेशी भूमिमा पसिना बगाइरहेका नेत्रलाई पनि कतारको कामबाट हात धुनु पर्‍यो ।

‘एक दिन त राम्रो होला नि भनेर विदेशमा धेरै दुःख गरियो, तर केही भएन,’ नेत्र आफ्नो योजना सुनाउँदै भन्नुहुन्छ, ‘अब देशमै केही गर्न चाहन्छु, मन र सपना अनेक छन्, सबैभन्दा ठूलो त धन नै रहेछ ।’

कोरोना महामारीका कारण विश्वमा बेरोजगार हुनेको संख्या बढ्दो छ । नेपाल पनि यो समस्याबाट अछुतो छैन । वैदेशिक रोजगारीमा गएका युवा धमाधम घर फर्कन थालेका छन् । कतिपय त दुई चार पैसा हातमा लिएर पनि फर्किएका छन्, भने कोही बिचल्लीमा परेर फर्किएका छन् । 

इलामका हरि लिम्बूलाई महामारीको समयमा ठगिएर फर्कनुपर्‍यो । टेक्ने ठाउँ र समाउने हांगो खोज्दाखोज्दै ठगिनुभएका हरिलाई हिजोआज न देशको भर लाग्छ, त न विदेशको नै । 

इलामका हरि लिम्बूलाई महामारीको समयमा ठगिएर फर्कनुपर्‍यो । टेक्ने ठाउँ र समाउने हांगो खोज्दाखोज्दै ठगिनुभएका हरिलाई हिजोआज न देशको भर लाग्छ, त न विदेशको नै । 

२०७४ सालमा कुवेत जानुभएको थियो उहाँ । नेपालमा आफूलाई टेकाउने ठाउँ नपाएपछि विदेशिनु भएका उहाँलाई विदेश पुगेर पनि ठगिनु पर्‍यो । कागजी सम्झौतामा ३८ हजार रुपैयाँ दिने भनिएको थियो । तर काम गरेर पाएको रकम भने २५ हजारमै सीमित ।

भने जस्तो नभएपछि उहाँ कुवेतमा कागजात बिहीन भएर काम गरिरहनुभएको भएको थियो । उहाँलाई थप पाँच वर्ष उतै दुःख गर्ने मन थियो । तर महामारीका कारण त्यही रोजगारी पनि गुम्यो । घर फर्कन मात्रै तीन महिना कुर्नु पर्‍यो । यी तीन महिना बेरोजगार भएर घर फर्कने दिन कुर्दै गर्दा दुःख त कति सहन पर्‍यो । तर के गर्नु ? परदेशी भएपछि परिआउने हरेक परिस्थितिसँग हाँसीहाँसी लड्न पर्ने ।

‘सोचे जस्तो भएन, मनको इच्छा अधुरै भयो,’ हरिले गुनासो गर्दै भन्नुभयो । यसअघि उहाँ २०७१ मा कतार पनि जानुभएको थियो । कतारबाट पनि २२ महिनामा नेपाल फर्कनु भएको थियो । माङ्गसेबुङ्ग गाउँपालिका–१ इलामका हरि लिम्बूलाई यो समयमा समस्या नै समस्या छ जस्तो लाग्छ । उहाँ थप्नुहुन्छ, ‘अहिल्यै केहि गरौँ जस्तो लागेकै छैन ।’

अब नेपालमै रहनको लागि होटल व्यवसाय सुरु गर्ने सोच बनाएको छ’ मनुले आफ्नो भावी योजना सुनाउनुभयो ।

हरि मात्र कहाँ हो र ? धनकुटाकी मनु भुजेल पनि कागजात बिहीन भएर नै कुवेतमा काम गरिरहनु भएको थियो । परिस्थिति जस्तो होस् केही वर्ष विदेशमा नै बसौं भन्ने लागेको थियो उहाँलाई ।

तर मनको रहर अधुरो बनाउँदै स्वदेश फर्कनु पर्‍यो । २०७४ सालमा कुवेत जानुभएकी धनकुटा नगरपालिका– १० की मनुले सोच्दै नसोचेका हण्डर सहनु पर्‍यो ।

जसोतसो दुःख गरेर नेपाल आई पुग्नुभयो । महामारी छिट्टै सकिए त अझै पनि उहाँलाई विदेशै जाउँ भन्ने लागेको छ । तर अहिलेको अवस्था हेर्दा महामारी हट्छ जस्तो लागेकै छैन, उहाँलाई । ‘अब नेपालमै रहनको लागि होटल व्यवसाय सुरु गर्ने सोच बनाएको छ’ मनुले आफ्नो भावी योजना सुनाउनुभयो ।

ताप्लेजुङका चन्द्र कालिकोटेलाई भने विदेश जाँदै नजाउँ भन्ने लागेको हो । तर गाउँ वडाबाट पालिका बन्यो । स्थानीयस्तरमै सरकार आयो । तब उहाँको रोजगारी गुम्यो ।  २०६७ सालमा साउदी पुगेर तीन वर्षपछि नेपाल आउनु भएका उहाँ सामाजिक परिचालकको काम गर्नु हुन्थ्यो । भएको एउटा आयस्रोत पनि गुमेपछि भने परदेशिनुबाहेक अर्को विकल्प चन्द्रका लागि भएन । र फेरि २०७७ मा यूएई उड्नु भयो । २०७६ मा नै भिसा पेश गरे पनि उडान भने १० महिना ढिला भयो । 

काम सुरु गरेको ३६ दिनपछि कोरोना भाइरसका कारण काम ठप्प भयो । ६ महिना त एउटा कोठामै बन्दी बनेर बस्नु पर्‍यो उहाँलाई । पीरै पीरका बीचमा अहिले भने बल्ल नेपाल आइपुग्नु भएको छ । पाएको दुःख सम्झेर उहाँलाई गाउँमा नै मल्टी एग्रो फामँ खोलेर बस्छु, दुःख गर्छु भन्ने आँट आएको छ । 

कृषिमा सरकारको लगानी देख्दा उहाँलाई खुशी नलाग्ने होइन । तर साँच्चैको किसानसम्म अनुदानको पहुँच नै नपुग्दा भने उहाँलाई साह्रै चिन्ता लाग्छ । भन्नुहुन्छ, ‘अन्योलमा बसेर मात्रै केही हुन्न रहेछ । आफैंले नथाले कसले सुरु गरिदिने ?’ उहाँ भन्नुहुन्छ, ‘फार्म खोलेर भरपर्दो आयस्रोतको बलियो बाटो बनाउने लक्ष्य छ मेरो ।’ यसैबाट अरुलाई रोजगारी दिनेसम्मको दीर्घकालिन सोच समेत छ उहाँको । 

आफ्नै देशमा केही गरौं भन्ने सोच थियो झापाकी पुनम राईलाई पनि । मेचीनगर नगरपालिका – २ मा विदेश जानुअघि सुँगुर फामँ खोल्छु भन्ने आँट उहाँमा नआएको पनि होइन । तर उहाँसँग तत्काल लगानी गर्ने रकम थिएन । यसैले कमाईको रोजाई उहाँका लागि खाडी देश नै बन्यो ।

 पहिलो पटक उहाँ २०६५ मा ओमान जानु भयो हाउस क्लिनर बनेर । दुई वर्ष बस्नुभयो । नेपाल आएर फेरि २०६८ मा कुवेत जानुभयो । तीन वर्ष उतै बिताएर नेपाल फर्कनुभयो । अनि २०७४ मा फेरि कुवेत नै जानु भयो । यस वर्ष भने उहाँ कम्पनीमा जानु भएको हो ।

अब आफ्नै भूमिमा परिश्रमको पसिना चुहाउने मन छ सुरेन्द्रको । परदेशबाट वाक्क बन्नु भएका सुरेन्द्रको केही गर्ने मन त छ तर ज्ञान र सीपका अभावमा अन्योलमा हुनुहुन्छ । 

अझै केही वर्ष विदेशमा नै दुःख गर्छु भन्दाभन्दै उहाँलाई कोरोना महामारीले नेपाल नै फर्काइदियो । अहिले भने के गरौं–गरौं भएको छ पुनमलाई । ‘महामारी सकिए त फेरि विदेशै जान्थें, सरकारी जागिर खाउँ क्षमता छैन, अब के गर्ने–गर्ने ? अन्यालमै छु,’ उहाँ भन्नुहुन्छ । 

पाँचथरका सुरेन्द्र फेवाको पनि सात वर्ष परदेशमै बित्यो । बितेका समयलाई सम्झँदै उहाँले भन्नुभयो, ‘व्यर्थमै परदेश लागिएछ, परदेशले न सीप सिकायो, न खास उपलब्धि नै भयो ।’ सुरेन्द्र २०६९ सालमा साउदी जानु भएको हो । नेपालमा कमाइका क्षेत्र शून्य देखेपछि उहाँ त्यो समय परदेशिनु भएको थियो ।

अहिले उहाँलाई लाग्छ, ‘विदेशिंदा सीप सिक्नबाट बञ्चित भएँ भन्ने कुराले साह्रै सताउँछ ।’ 

सीप भए त परदेश जानै पर्ने रहेनछ भन्ने लागेको छ अहिले उहाँलाई । अब आफ्नै भूमिमा परिश्रमको पसिना चुहाउने मन छ सुरेन्द्रको । परदेशबाट वाक्क बन्नु भएका सुरेन्द्रको केही गर्ने मन त छ तर ज्ञान र सीपका अभावमा अन्योलमा हुनुहुन्छ । 

अन्तिम अपडेट: भदौ २०, २०७७

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया