भरतपुर अस्पतालमा जुम्ल्याहा शिशुकाे जन्म

 भदौ १२, २०७७ शुक्रबार २०:३४:२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ९ गते अस्पताल भर्ना भएकी गोरखा नगरपालिका १० छेपेटारकी ३७ वर्षीया महिलाले जुम्ल्यहा शिशु जन्माएकी हुन् । 

शल्यक्रियामार्फत जन्मेका शिशु र आमाको दुवैको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । अहिले बच्चा र आमालाई छुट्टै राखिएको र आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र भेट्न दिइने बताउनुभयो । 

पौडेलका अनुसार अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया गरी शिशु जन्मिएको पहिलो घटना हो । 

भरतपुर अस्पतालमा गर्भवती महिलाको सङ्ख्या बढ्दै गएपछि कोभिड र ननकोभिड शल्यक्रिया कक्ष स्थापना गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया