दैलेखमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीकाे ज्यान गयाे, स्थानीय आन्दाेलित

 भदौ १३, २०७७ शनिबार १७:४४:८ | अमर सुनार
unn.prixa.net

दैलेख –अत्यधिक रक्तस्राव हुँदा  दैलेखमा एकजना सुत्केरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा सुत्केरी गराए पनि लगातार रगत बगेर ज्यान गएको हो ।

रक्तस्राव नरोकिएपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा अस्पताल पुग्नेवित्तिकै डाक्टरले मृत घोषणा गरेका मृतकका जेठाजु टेकबहादुर शाहीले बताउनुभयो । शिशुको अवस्था भने सामान्य छ ।

प्राथमिक स्वास्थ्य केन्द्रले राम्रो उपचार गर्न नसकेको कारण सुत्केरीको ज्यान गएको भन्दै स्थानीयले ठाँटीकाँध गाउँपालिका र स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । गएको माघमा मजदुरी गर्न भारत जानुभएका मृतक पार्वतीका पति कर्णबहादुर शाही लकडाउनका कारण अहिले भारतको हिमाञ्चल प्रदेश मनालीमा रोकिनुभएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया