चितवनमा कोरोना सङ्क्रमित पुरुषकाे ज्यान गयाे

 भदौ १४, २०७७ आइतबार १६:१२:३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा आइतबार काेराेना भाइरसकाे सङ्क्रमणबाट थप एक जनाकाे ज्यान गएकाे छ । चितवन मेडिकल कलेजमा उपचाररत  भरतपुर उपमहानगरपालिका ११ चितवनका ५२ वर्षीय पुरुषको आइतबार दिउँसाे ज्यान गएकाे हो ।

निमोनियासँगै उच्च ज्वरो आएपछि भदौ ४ गते ती पुरुष अस्पताल भर्ना हुनुभएको थियो । स्वाब परीक्षण गर्दा भदौ ७ गते उहाँलाई कोरोना पुष्टि भएको र आइतबार दिउँसाे १२ बजे ज्यान गएकाे अस्पताले जनाएको छ ।  

योसँगै चितवनमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुगेको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया