इलाम : पहिरोले घर पुरियाे, परिवारका ७ जनाले भागेर ज्यान बचाए

 भदौ १६, २०७७ मंगलबार १७:४१:५५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – सोमबार राति परेको पानीले पहिरो जाँदा इलाममा एकै घरका सात जना विस्थापित भएका छन् । रोङ गाउँपालिका–६ का बलबहादुर राईको घर पहिराेमा पुरिँदा सात जना विस्थापित भएका हुन् । 

वर्षासँगै आएको पहिरोले काठबाट बनेको टिनको छानो भएको दुई घर, घरभित्र रहेका लत्ताकपडा, अन्नपात सबै पुरिएको परिवारले जनाएको छ । पहिरोले घरमा क्षति पुर्‍याउँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिरोका कारण घर २० मिटर तल पुगेकाे थियो । परिवार सबै राति नै भाग्न सफल भएकाले मानवीय क्षति भने नभएको बताइएको छ । 

विस्थापित बनेका परिवारलाई पालिका र स्थानीयको सहयोगमा बस्ने ठाउँको व्यवस्थापन गरिदिएको पालिकाले जनाएको छ । विस्थापित हुनेमा पाँच पुरुष र दुई महिला छन्  । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया