सप्तरीमा अवैध सालकाे काठसहित दुई तस्कर पक्राउ

 भदौ १७, २०७७ बुधबार ९:४९:५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरी प्रहरीले अवैध सालको काठसहित दुई जना तस्करलाई पक्राउ गरेको छ । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको हो ।

सप्तरीको रुपनी गाउँपालिका वडा न.१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित उनीहरु दुवै जनालाई पक्राउ गरिएकाे डिभिजन वन कार्यालय सप्तरीका वन अधिकृत लक्ष्मण साफीले जानकारी दिनुभयाे । उहाँका अनुसार तीन थान सालको काठ (२.१८ घनफिट) बरामद भएको छ ।

पक्राउ परेका दुवैजनालाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको छ । काठ ओसारिरहेकामध्ये एक जना भाग्न सफल भएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले जानकारी दिनुभयाे ।

पक्राउ परेका दुवै जनाको पीसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने वन अिधकृत साफीले बताउनुभयाे । बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया