१७ रुपैयाँको मल ४० रुपैयाँमा बेचेको आरोपमा सप्तरीमा २ जना पक्राउ

 भदौ १८, २०७७ बिहिबार २०:३१:२८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा कृषि मलको कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

रासायनिक मल नपाएर किसानहरु समस्यामा परिरहेको बेला मलको कालोबजारी गरेको आरोपमा सप्तकोशी नगरपालिका १ फत्तेपुरको राधेकृष्ण खाद्यान्न पसलका सञ्चालक राधेकृष्ण गुप्ता पक्राउ परेका हुन् । 

त्यस्तै आरती कृषि सहकारी संस्था लिमिटेड मल खाद्य बिक्री डिपोका सञ्चालक फुजुङ्ग साहलाई पनि कालोबजारीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूको पसल र गोदामबाट २८ बोरा युरिया र ६ बोरा डीपीए मलसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

१७ रुपैयाँ प्रतिकेजी पर्ने मल ४० रुपैयाँमा बिक्री गरेको प्रमाण भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया