बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
म कोरोना सङ्क्रमण भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ को आइसोलेशनमा उपचार गरी बल्ल फर्किएकी हुँ ।
कोभिड १९को कारण अत्यन्तै गम्भीर अवस्थामा पुगेकी मलाई पुनःजीवन दिनु भएको डाक्टरहरुको टिमलाई धेरैधेरै धन्यवाद ।
देशमा परिवर्तनका लागि आफ्नो ज्यानको प्रवाह नगरी दश वर्षे जनयुद्ध सफल बनाउँदै बोनस पाएको यो जीवन आज फेरि कोरोना भाइरसलाई जित्दा अर्को पटक त्यस्तै महसुस भएको छ ।
आम नागरिकको स्वास्थ्य सेवा हामी स्वास्थ्यकर्मीहरुको पहिलो कर्तव्य हो । अझ कोरोनाको यस विश्वव्यापी महामारी र हामी स्वास्थ्यकर्मीहरुको जिम्मेवारी बहन गर्दागर्दै म आफै कोरोना बाट सङ्क्रमित हुन पुगेँ ।
११ दिनको साधारण लक्षण तथा चिन्हहरु र ४ दिनको ज्वरो सहितको खोकीपछि मात्र पीसीआर रिर्पाेट परीक्षण गरेँ, रिपोर्ट पोजेटिभ देखियो ।
धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएँ । त्यो अवस्थामा म अस्पताल पुग्दा मलाई निक्कै असहज भइसकेको थियो । म अत्यन्तै जटिल अवस्थामा पुगिसकेकी थिएँ । अस्पताल भर्ना भएको पहिलो तीन दिन मेरो जीवन अत्यन्तै अप्ठेरो अवस्था अर्थात जीवन र मरणको सङ्घारमा उभिएको थियो । अस्पताल भर्ना भएको चौथो दिनमा पुग्दा बल्ल मलाई अब बाँच्छु जस्तो लागेको थियो ।
अत्यन्तै गम्भीर अवस्थाबाट उपचार गरी जीवनदान दिनुहुने प्रा.डा. सन्जीव शर्मा , असिस्टेन्ट डाइरेक्टर डा.विकास साह लगायतको टिमलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले अत्यन्तै मेहनत गरेर मलाई मेरो जीवनदान दिएको महसुस भएको छ ।
हामी स्वास्थ्यकर्मी उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्नुपर्ने, अग्रमोर्चामा उभिनुपर्ने व्यक्ति नै सङ्क्रमित हुँदा धेरैको मनमा जिज्ञासा पलाउनु स्वभाविक नै हो ।
आम नागरिकलाई मात्र हैन स्वाथ्यकर्मीहरुलाई पनि मेरो बारेमा बढी चासो भएको पाएँ । मेरो अवस्थाका बारेमा सोधखोज हुन्थ्यो ।
हरेक दिन विभिन्न क्षेत्रका व्यक्तिहरुको आश्वासन आउने, सान्त्वना दिने, सञ्चो बिसञ्चो सोध्ने र सहयोगको वचन आउँथे । सहयोग पनि पाएँ मैले । खुशी लाग्थ्यो मन्त्रीज्यूदेखि सर्वसाधारण, स्वदेशमा हुनेदेखि विदेशमा रहेका शुभचिन्तकहरुले पनि मेरो स्वास्थ्यको चासो राख्नु हुन्थ्यो ।
त्यो नै मेरो लागि आत्मबलको ठूलो उर्जा बन्थ्यो । लाग्थ्यो, जिन्दगीमा मेरो लागि सोधीखोजी गरिदिने पनि रहेछन्, आफ्नै सम्झिने मन मुटुहरु कमाएकै रहेछु ।
कोरोना समुदायमा फैलिएको अवस्थामा पछिल्लो समयमा देखिएको सङ्क्रमणमा नगन्य लक्षण जस्तै हल्का ज्वरो, खानामा अरुचि, शरीर दुख्ने, सामान्य पखाला जुन व्यक्तिअनुसार फरक पाइएको छ । अवस्था जटिल पनि हुँदो रहेछ मैले पनि अनुभव गरेँ ।
आफन्त, साथीभाइ, शुभचिन्तक, सहकर्मीहरुको माया, सद्भाव र उच्च मनोबलका लागि साहस तथा डक्टरहरुको उपचारले आज कोरोनालाई पराजित गर्न सफल भएको छु । अबको बाँकी जीवन पनि यसैगरी रोगी, बिरामी र असहायको उपचारमा समर्पित गर्ने प्रण गर्दछु ।
कोरोनासँग सतर्कता अपनाऔँ, नआत्तिऔं, उच्च मनोबल राखाैं, उच्च मनोबल नै कोरोनाको मुख्य हल हो । तर कोरोनालाई सामान्य पनि नसम्झौ , धेरै आत्तिने पनि नगराैं । सर्तकता अपनाउँ, हेलचेक्र्याइँ गर्दै नगरौं ।
कोरोनाबाट आफू बचौं अरुलाई पनि बचाउँ । त्यसको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्ने रहेछ :
१. कोरोनासँग उच्च सतर्क भै कत्ति पनि नडराउने
२.म सङ्क्रमित हुँ, बिरामी होइन भन्ने सोचाइ बनाउने
३. दैनिक दाल, भात, रोटी, हरियो सागपात, फलफूल, माछामासु आदि मिलाएर खाने
४. तातोपानी, कागती पानी, अदुवा, बेसार, गुर्जो, अमला, अस्वगन्धा लगायतका जडीबुटी र घरायसी औषधिको सेवन नियमित गर्ने
५. तातोपानीको वाफ लिने र नुनपानीले कुल्ला गर्ने
६.आराम र हल्का व्यायाम गर्ने, मज्जाले निदाउने (कम्तिमा आठ घण्टा) ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।