अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डौ - भारतले धौलीगंगा बाँध खोलेको छ ।
उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध गएराति १२ बजेदेखि खोलिएको हो ।
बाँध आज बेलुका ७ बजेसम्म खोलिनेछ । धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोलेको जानकारीमा आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बाँध खोलेपछि महाकाली नदीमा जलसतह बढ्ने भएकाले नदी छेउछाउ नजान प्रशासनले आग्रह गरेको छ । तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ ।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको पनि उहाँले बताउनुभयो । यस्तै दार्चुलाको व्यास गाउँपालिका-५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
२०७० सालमा धौलीगंगा बाँधका कारण दार्चुला सदरमुकाममा क्षति भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।