गुल्मीमा कुटपिटबाट एक जनाको ज्यान गयो

 भदौ २२, २०७७ सोमबार १५:२४:२१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा पहिचान नखुलेको व्यक्तिको कुटाइबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ईस्मा गाउँपालिका २ हस्तीचौरका २३ वर्षीय मोतीबहादुर कुवँरको ज्यान गएको प्रहरीले जनाएको छ । 

हस्तीचौरको छिन्नाखेलामा होटल सञ्चालन गर्दै आएका कुवँर सोमबार बिहान होटलमै घाइते अवस्थामा भेटिएका थिए । 

घाइते अवस्था भेटिएपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया