प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - तपाइँहरुले निषेधाज्ञाको निर्णय गरिरहँदा लिइने आधार के-के हो ?
लकडाउनको अवधिमा १६ सयको हाराहारीमा भएको आत्महत्याको खबर सुनेर आत्मग्लानि हुन्छ कि हुँदैन ?
आफ्नो देशमा भोकले मर्नुभन्दा अर्काको देशमै रोगले मर्नु भन्दै भारततिरै लर्को लागेर जानेको लस्करले मुटु छुन्छ कि छुँदैन ?
लकडाउन र निषेधाज्ञाको अवधिमा बढेको घरेलु हिंसा, वृद्ध-वृद्धामा आएको नैराश्यता, युवामा आएको दिक्दारी र आक्रोश सबैको दूरगामी असरको आँकलन गर्नुभएको छ ?
गर्भवतीहरु अस्पताल पुग्न सकेका छैनन्, घरमै सुत्केरी हुँदा हुने समस्या र जोखिमको अलिकति हेक्का राख्नुभएको छ ?
कलकारखाना, उद्योग धन्दा लथालिङ्ग हुँदा खस्केको आर्थिक स्थितिको असर कस-कसलाई परिरहेको छ र दूरगामी स्थितिको आँकलन गर्नुभएको छ ?
कृषकलाई परेको समग्र असरबारे तपाइँहरु जानकार हुनुपर्छ कि पर्दैन ? आफूलाई घरमै आपूर्ति सहज रुपमा भएको छ भन्दैमा कृषि उत्पादक, वितरक र उपभोक्तालाई के असर परेको छ भनेर सोच्नुभएको छ ?
आखिर विपन्न श्रमिकको नियमित परीक्षण त भएको छैन नै, उहॉंहरु संक्रमित हो कि हैन, उपचार पाइन्छ कि पाइँदैन त धेरै परको कुरा भइगयो भन्ने हेक्का छ कि छैन ?
तपाइँको आफ्नो आम्दानी नियमित छ, घर व्यवहार यथावत् चलेकै छ, हिँडडुल गर्न पाइएकै छ । तर तपाइँले अनवरत यी सेवा सुविधा उपभोग गरिरहँदा यी सबै सेवा सुविधाका लागि कर तिर्ने विपन्न श्रमिक नाम्लोले पेट फन्फनी बॉंधेर भोकले रोइरहेको देख्दा तपाइँको आत्माले के भन्छ ?
यथास्थिति रह्यो भने भोक र आक्रोशले निम्त्याउन सक्ने सामाजिक विचलन, झडप, चोरी, हत्याहिंसा जस्ता परिस्थितिको बारेमा सोच्नुभएको छ ?
दिनहुँ संक्रमित र मृत्यु हुनेको संख्यामात्र गनिरहने अपडेटको सान्दर्भिकता के ? परीक्षण र संक्रमितमध्ये कतिजना ती विपन्नहरु परे ?
कृपया निषेधाज्ञा निर्विकल्प हैन, सुरक्षा कवच अपनाएर सबैलाई गरिखान देऊ !
(यमुना घलेको फेसबुकबाट साभार)
यमुना घले कृषिविद् हुनुहुन्छ ।