दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तयार गर्‍याे कम्पोष्ट मल र बायोग्यास प्लान्ट

 भदौ २४, २०७७ बुधबार ९:३०:३१ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण गरिएको छ । 

अर्गानिक नगर बनाउने अभियानलाई सार्थक बनाउनका लागि नगरपालिकाले अर्थमन्त्रालयको विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा एकैठाउँमा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण गरेको हो । ल्याब परीक्षण, जनशक्ति व्यवस्थापन बाहेक कम्पोष्ट मल तथा बायाेग्यास प्लान्टको भौतिक संरचनाको काम सम्पन्न भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

विशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ सोल्मामा कम्पोष्ट मल र बायाेग्यास प्लान्ट निर्माणको काम अघि बढाइएको हो ।

वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरेर प्रशोधन गर्दै प्रति घण्टा एक हजार किलो कम्पोष्ट मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले बताउनुभयो ।

उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाईमा डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । यस्तै बायाेग्यास प्लान्टमा मानव मलमुत्र तथा गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ । ३ हजार ५ सय घनमिटर क्षमताको अण्डरग्राउण्ड ड्रम (ट्यांकी)मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सीएनजी ग्यासमा परिवर्तन गरेर एलपी ग्यासकै रुपमा सिलिण्डर भर्न मिल्ने नगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया