दैलेखमा छिमेकीको हल गोरु काटेको आरोपमा एक जना पक्राउ

 भदौ २७, २०७७ शनिबार ११:४६:१२ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखमा छिमेकीको हल गोरु काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भैरवी गाउँपालिका २ रावतकोटका कमल थापाले बारीमा बाँधेका हल गोरु काटेको भन्दै छिमेकी २२ वर्षका राजेश विष्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

धारिलो हतियारले काटेको एउटा गोरु मरिसकेको र अर्को गम्भीर घाइते भएको किटानी जाहेरीपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र आचार्यले जानकारी दिनुभयो । 

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २८९ उपदफा ९२० मा गाई वा गोरु मार्ने व्यक्तिलाई तीन वर्ष कैद अनि अङ्गभङ्ग बनाए ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया