पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला, वैशाख १९ – जुम्ला सदरमुकाममा रहेका दलित समुदायका ४० घरपरिवारले ६ वर्षदेखि एउटै शौचालय प्रयोग गर्दै आइरहेका छन् ।
जुम्ला सदरमुकाममा रहेको कामीटोलका ४० घरपरिवारको घरमा शौचालय छैन । शौचालय बनाउने जग्गा नहुँदा एउटै शौचालयको प्रयोग गर्दै आइरहेको उनीहरुले बताएका छन् । गाउँमा शौचालयको अभाव भएपछि चन्दननाथ नगरपालिकाको सहयोगमा गाउँको बीचमा ६ वर्ष पहिले सार्वजनिक शौचालय निर्माण गरी यही शौचालय प्रयोग गर्दै आइरहेका छन् ।
६ वर्ष अगाडि वर्ल्ड भिजन इन्टरनेशनल क्षेत्र विकास कार्यक्रमले नगरापालिकासँग सहकार्य गरेर निर्माण गरेको शौचालय अहिले जीर्ण भएपछि पुनर्निर्माण गर्नु परेको स्थानीय कृष्ण परियारले बताउनुभयो । अहिले सुधारिएको शौचालय निर्माणको काम भईरहेको छ ।
चन्दननाथ नगरपालिकाको सहयोगमा पुरानो शौचालय भत्काएर नयाँ निर्माण गर्न लागिएको शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर विकले बताउनुभयो । पहिलेको भन्दा व्यवस्थित र सबैले प्रयोग गर्न मिल्ने सार्वजनिक शौचालयको अवधारणामा केन्द्रित हुँदै शौचालयको निर्माण कार्य भइरहेको निर्माण समितिले जानकारी दियो ।
महिला, पुरुष र फरक क्षमता भएका व्यक्तिको पहुँच पुग्ने गरी शौचालय निर्माण भईरहेको भए पनि एकै स्थानमा मात्र शौचालय हुँदा अझै नपुग्ने देखिन्छ । नगरपालिकाको वडा स्तरको कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ लगानीमा नयाँ शौचालय निर्माण हुन लागेको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।