२४ दिनका नवजात शिशुले जिते कोरोना

 भदौ २७, २०७७ शनिबार १९:६:५४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा एक २४ दिनका शिशुले कोरोना जितेका छन् । शनिबार २४ दिनका नवजात शिशुसहित जिल्लामा एकैदिन १८ जनाले कोरोना जितेका हुन् ।

शनिबार बेसीशहर नगरपालिकाका ९, क्वहोलासोँथर गाउँपालिकाका १, लमजुङमा कार्यरत ५, मर्स्याङ्दी गाउँपालिकाका १ र राइनास नगरपालिका ९ का एक पुरुष र २४ दिनका नवजात शिशु गरी जिल्लामा शनिबार १८ जनाले कोरोना जितेका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार नवजात शिशुमा गएको भदौ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै लमजुङमा कोरोना सङक्रमणबाट निको हुनेको संख्या १४ महिला, १ सय २५ पुरुष गरी १ सय ३९ पुगेको छ । यसैगरी, लमजुङमा शनिबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार बेसीशहर नगरपालिका वडा नं ३, का ३७ वर्षका एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा ५९ महिला, २ सय २६ पुरुष गरी २ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १ सय ३९ जना निको भएसँगै अहिले जिल्लामा ४५ महिला, १ सय १ पुरुष गरी आइसोलेशनमा रहनेको संख्या १ सय ४६ रहेको छ ।

लमजुङमा हाल क्वरेण्टीनमा रहनेको संख्या ३७ रहेको छ । ३ महिला, ३४ पुरुष गरी  जिल्लाका क्वरेण्टीनमा रहनेको संख्या ३७ रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनुभयो । जिल्लामा २ सय ३४ वेड क्षमताका २८ क्वरेण्टीन गृह रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया