एकतर्फी खुल्यो कुश्मा–बाग्लुङ सडक

 भदौ २८, २०७७ आइतबार २०:१८:७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पहिरो खसेर बन्द भएकाे मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ सडक खण्ड ६ घण्टापछि एकतर्फ खुलेको छ । कुश्मा नगरपालिका १ को सहस्रधारामा आइतबार बिहान पहिरो जाँदा सडक बन्द भएको थियो । 

झण्डै पाँच सय मिटर सडक माथिबाट झरेको पहिरोले सडकको झण्डै ५० मिटर भाग पुरेर थियो । पहिरो हटाएर साँझ ६ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याउन सकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।    

आइतबार बिहान ६ बजेको समयमा पहिरो झरेपछि सडक बन्द भएको थियो । सडक बन्द भएपछि अत्यावश्यक कामका लागि आवात जावत गर्ने सर्वसाधारण समस्यामा परेका थिए । विशेषगरी बाग्लुङ, म्याग्दी र मुस्ताङमा उपचार हुन नसकेर पोखरा रेफर गरिएका बिरामीहरु समस्यामा परेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया