भाेलिदेखि लामाे दुरीका गाडी चल्ने भएपछि नयाँ बसपार्कमा देखिएकाे दृश्य (फाेटाे फिचर)

 भदौ ३१, २०७७ बुधबार १८:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरसकाे महामारीका कारण गएकाे चैत महिनादेखि बन्द रहेकाे लामाे दुरीका गाडी (बिहीबार) देखि सञ्चालनमा आउँदै छन् ।

काेराेनाकाे जाेखिम कायमै रहे पनि सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर लामाे दुरीका गाडी खाेल्न अनुमति दिएकाे हाे ।

भोलिदेखि लामो दुरीका गाडीका साथै आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खुल्दै छन् । जनजीवनलाई सामान्यतर्फ फर्काउन यी क्षेत्र खुलाइएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यसैबीच गाेङ्गबुमा रहेकाे नयाँ बसपार्कमा टिकट काट्नेकाे ​चहलपहल देखिएकाे छ । विभिन्न सङ्घका गाडी तयारी अवस्थामा राखिएका छन् ।

हेर्नुहाेस् तस्बिरमा– 

तस्बिर : विकास तामाङ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया