बाजुरामा बाढी : तीन जना बेपत्ता, १० घरसहित केही घट्ट र पुलमा क्षति

 असोज २, २०७७ शुक्रबार १४:२४:८ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति नै बाढी आएको भए पनि सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको गाउँको खबर ढिला आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

बाढीकै कारण खोला नजिकै रहेका तीन वटा आधुनिक, चार वटा परम्परागत घट्ट र तीन वटा काठे पुल पनि बगाएको छ । खोलामा आएको बाढीले १० वटा घर र धान तथा कोदो बालीमा क्षति पुर्‍याएकाे प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पठाएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया