अछाममा ९ वर्षीय बालककाे हत्या

 असोज ३, २०७७ शनिबार २०:७:५५ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछामकाे साँफेबगर नगरपालिका ९ बुढाकोटमा एक बालकको हत्या भएको छ ।

वडा नम्बर ९ बुढाकोट बस्ने सेतु बिकका ९ वर्षीय छोरा हिमाल बिकको हत्या भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख प्रहरी निरीक्षक नरपति भट्टले बताउनुभयाे ।

हत्यामा संलग्न भएको आरोपमा वडा नम्बर ९ कै ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको प्रहरी निरिक्षक भट्टले जानकारी दिनुभयाे  । पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय मंगलसैनमा ल्याइएको छ ।

यस्तै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार बालकको मुख र टाउकोमा चोट लागेकाे छ ।

मृतक बालकका बुवाको ८ वर्ष अघि निधन भएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया