६ महिनापछि ताजमहल पर्यटकका लागि खुला तर पर्यटक भने निकै कम सङ्ख्यामा

 असोज ५, २०७७ सोमबार १८:१२:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको उत्तर प्रदेशमा रहेको ताजमहल र केही विद्यालय खुलेका छन् । भारतमा कोभिड–१९ को सङ्क्रमण बढिरहे पनि ताजमहल र विद्यालय खुलेका भरतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको ६ महिनादेखि बन्द रहेको ताजमहल सोमबारदेखि खुलेको हो । भारतीय अधिकारीले भौतिक दुरीसहित स्वास्थ्य मापदण्डका नियमलाई कडाइका साथ पालना गर्दै ताजमहल खुलेको जानकारी दिएका छन् । 

अहिले त्यहाँ दैनिक भ्रमण गर्नेको सङ्ख्या पाँच हजारमा सीमित गरिएको छ । तर निकै कम सङ्ख्यामा पर्यटकहरु पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामान्य अवस्थामा ताजमहल भित्र जानका लागि निकै लामो लाइन लाग्ने गथ्र्याे तर सोमबार भने निकै कम सङ्ख्यामा पर्यटकहरु देखिएका थिए । 

कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षाको लागि सामूहिक तस्बिर लिन प्रतिबन्ध लगाइएको छ । साथै ताजमहल प्रवेश गर्नुअघि पर्यटकहरुको शरीरको तापक्रम लिइने गरिएको छ र डिजिटल टिकटको व्यवस्था गरिएको छ ।    

कोरोनाअघि यो स्मारक हेर्न वर्षमा झण्डै ७० लाख मानिस त्यहाँ पुग्ने गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया