गुल्मी : इस्मा गाउँपालिकाको पहिरोमा पुरिएका दुई जनाको शव निकालियो

 असोज ६, २०७७ मंगलबार १२:१९:५८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको स्यालामा पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ ।

पहिरोमा पुरिएका इस्मा गाउँपालिका २ रातामाटाका ३९ वर्षका प्रेमबहादुर कुमाल र स्थानीय ५ वर्षका सफल कुमालको शव आज बिहान निकालिएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेका बेला पहिरो खसेपछि दुवै जना बेपत्ता भएका थिए । पहिरोमा परेर स्थानीय तिलक कुमाल घाइते हुनुभएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया