गुल्मीकोे रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

 असोज ७, २०७७ बुधबार १२:२८:१८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मीकोे रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका ४ को नादेवा, ५ को बाँदरेभीर र ६ को डहरे लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भैरहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभएको छ । जिल्लामा सबै भन्दा बढी गाडी चल्ने यो सडकखण्ड अवरुद्ध भएपछि पाल्पा–बुटवल आवतजावत गर्ने तीन दर्जन भन्दा धेरै गाडी अलपत्र परेका छन् ।

त्यसैगरी पहिरो खसेपछि गुल्मीको तम्घास–ईन्द्रेगौंडा सडक पनि अवरुद्ध बनेको छ । यो सडकखण्डको मुसिकोट नगरपालीका ३ मा भञ्ज्याङ नजिकै मााथिबाट ठूलो पहिरो खसेपछि अवरुद्ध भएको हो । वर्षाका कारण कतिपय ठाउँमा सडक भत्कने र पहिरो जाने गरेका कारण गुल्मीका चारदर्जन भन्दा बढी ग्रामीण सडकहरु समेत अवरुद्ध बनेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया