इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलसँग साउथह्याम्...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – लमजुङकाे प्रसिद्ध पर्यटकीय गाउँ घले गाउँमा होमस्टे सञ्चालनमा आएको छ । कोरोनाका कारण लामो समयसम्म बन्द रहेका घले गाउँका होमस्टे असोज १ गतेदेखि सञ्चालनमा आएको हो ।
गाउँपालिकाको निर्णयअनुसार नै घलेगाउँमा होमस्टे सञ्चालनमा आएको घले गाउँका कार्यालय सचिव दीर्घ घलेले जानकारी दिनुभयो ।
‘स्वास्थ्यका सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी होमस्टे सञ्चालनमा ल्याइएको छ’, घलेले भन्नुभयो, ‘गाउँपालिकाको निर्णयअनुसार नै होमस्टे सञ्चालन गरिएको हो ।’
उहाँका अनुसार अहिले घले गाउँमा काठमाण्डाै, बुटवल, पोखरा, चितवनलगायतका ठाउँबाट स–साना समूहमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।
उहाँका अनुसार गाउँको प्रवेशद्वारमा रहेको कार्यालयमा ‘थर्मल गन’बाट पर्यटकको ज्वरो मापन गरिन्छ । पर्यटकलाई मास्क अनिवार्य गरिएको छ ।
एउटा घरमा बढीमा दुई जनासम्म पर्यटक राखिने गरिएको उहाँले बताउनुभयो ।
‘पर्यटकलाई गाउँ भित्रने बित्तिक्कै ज्वरो मापन गरिन्छ । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ’, उहाँले भन्नुभयो, ‘अहिले एउटा घरमा बढीमा दुई जनासम्म राखिएको छ ।’
उहाँका अनुसार कोरोनाका कारण लामो समयसम्म होमस्टे व्यवसाय ठप्प रहँदा होमस्टे सञ्चालकहरु समस्यामा परेका थिए । उहाँका अनुसार विगतमा सिजनको बेला होमस्टे सञ्चालकले मासिक ४५ हजार रुपैयाँसम्म कमाउँदै आएका थिए ।
घले गाउँमा विशेषगरी असोज, कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाखमा दैनिक सयौँका सङ्ख्यामा पर्यटक आउने गरेको ग्रामीण पर्यटन व्यवस्थापन समिति घले गाउँका सचिव उमल विकले बताउनुभयो ।
उहाँका अनुसार लामो समयपछि घले गाउँ खुलेसँगै विस्तारै पर्यटक आगमन भइरहेको छ ।
‘अहिले पाँच/सात जनाको समूहमा पर्यटकहरु आइरहेका छन् । सहज परिस्थिति सिर्जना हुँदै गएमा विस्तारै पर्यटक आगमन बढ्नेमा विश्वस्त छौँ’, उहाँले भन्नुभयो, ‘स्थानीय होमस्टे सञ्चालक पर्यटकको पर्खाइमा छन् ।’
एक सय ३० घरधुरी रहेको लमजुङको क्वहोलासोँथर गाउँपालिका–३, घले गाउँमा अहिले ४० घरधुरीले होमस्टे सञ्चालन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।