गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतको हकिन्स नगरपरिषद् बीच भगिनी सम्बन्ध

 असोज १७, २०७७ शनिबार १८:२२:१० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतको हकिन्स नगरपरिषद् बीच भगिनी सम्बन्ध स्थापना भएको छ ।

हकिन्समा भएको एक कार्यक्रममा भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको बेलायतमा रहेको नेपाली दूतावासले विज्ञप्तिमार्फत  जानकारी दिएको छ ।

हकिन्स नगर परिषद्का प्रमुख फिलिप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएपछि सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरुको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताउनु भयो ।

समारोहमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले २ सय वर्षभन्दा पुरानो नेपाल र बेलायत मैत्रीपूर्ण सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया