चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
प्यूठान – आफूले चुनाव जितेमा गाउँमै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश जान नदिने भन्दै भोट मागेर चुनाव जितेका प्यूठानका एक जना जनप्रतिनिधि आफैँ वैदेशिक रोजगारीमा गएका छन् ।
प्यूठान स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुन मगर काम खोज्दै कुवेत जानुभएको हो । स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित पुन मगर चुनाव सकिएको वर्ष दिन नपुग्दै विदेश जानुभएको हो ।
घरको आर्थिक स्थिती कमजोर भएपछि उहाँ दुई महिना अघि नै कुवेत गएको स्थानीयबासिन्दाले बताएका छन् । गाउँमै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने नारासहित चुनाव जितेका प्रतिनिधि आफैं काम खोज्दै विदेशिएपछि वडाका युवाहरु निराश भएका छन् ।
गाउँमै केही गर्न सकिन्छ भन्ने आशमा रहेका उहाँका दौतरी र स्थानीयबासिन्दले जनप्रतिनिधि नै विदेश गएकाले गाउँमै धन कमाउने मेसो नभएको प्रतिक्रिया दिने गरेका छन् । स्थानीय तह चुनावमा पुन मगर राष्ट्रिय जनमोर्चाबाट ६ सय २७ मतसहित वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
तर उहाँ विदेश गएको कसैलाई थाहा थिएन । गाउँबाट सुटुक्क विदेश पुगेका नारायणका बारेमा वडा अध्यक्ष मेघराज जिसीले उहाँ विदेश पुगेपछि मात्र थाहा पाएको बताउनुभयो ।
‘काठमाडौंमा कामका लागि बेला बेला जाने गरेको त थाहा पाएको थिएँ’, जिसीले भन्नुभयो, ‘कुवेत पुगेपछि मात्र विदेश गएको थाहा भयो ।’वडा अध्यक्ष जिसीले आफूहरुसँग विदेश जानेबारे कुनै सल्लाह नै नगरेको जानकारी दिनुभयो ।
विदेश पुगेपछि पुनमगरले फोन गर्दै चुनावमा उठेर गल्ती गरेको बताएका जिसीले बताउनुभयो । आफूसँगको कुराकानीमा नारायणले गाउँमा समाजसेवा मात्र ठूलो नभएको भन्दै परिवार पाल्नको लागि आफू विदेशिनु परेको बताएको वडाध्यक्ष जिसीको भनाइ छ ।
वडा सदस्य पदबाट राजीनामा नदिइकनै विदेश गएका वडा सदस्य पुन मगरको तलब परिवारले बुझेका छन् । निर्वाचित पुन मगरका परिवारले निर्वाचनपछि ८ महिनाको ७ हजारका दरले ५६ हजार रुपैयाँ तलब बुझेका हुन् । ८ महिना उहाँले वडा सदस्य भएर काम गर्नुभएको थियो ।
उहाँका घरमा बुवाआमा,श्रीमती र एक छोरा छन् । घर व्यवहार धान्ने एक्लो जिम्मा पुन मगरकै रहेको स्थानीयको भनाइ छ । उहाँ वडा सदस्यमा निर्वाचित हुनु अघि पनि रोजगारीका लागि विदेश नै जानुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ram
Sept. 6, 2018, 9:32 p.m.के गरुन त विचरा, ७ हजारले के गरे /
Suraj sangam
Aug. 10, 2018, 11:10 p.m.जन्ताको सेवा गर्छु भनि मैदान मा उत्रिएको जनप्रतिनिधि बिचमै बिदेश पलाएन । योत जनतालाई धोका भयो