धुर्मस–सुन्तली फाउण्डेशनलाई वाग्मती प्रदेश सरकारको ३ करोड सहयोग

 असोज २१, २०७७ बुधबार १७:५६:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा एक कार्यक्रमका बीच बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्नुभयो । रङ्गशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै उहाँले खुसीसमेत व्यक्त गर्नुभएको छ । साथै उहाँले रङ्गशाला निर्माण परियोजना छिटो सक्न शुभकामना दिनुभयो । 

सरकारले सहयोग जारी राख्ने बताउँदै पौडेलले भन्नुभयो, ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनू ।’  

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सहयोग रकम बुझ्दै यो खुसीको दिन भएको प्रतिक्रिया दिए । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र अहिले रकम सहयोग गरेकोमा धन्यवाद दिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया