जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

 असोज २२, २०७७ बिहिबार १३:२२:५८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

हराइरहेका जुनीचाँदे ११ का १८ वर्षका लालबहादुर बुढाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । हिजो जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रका लागि छुटेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका १ औल खोलामा भीरबाट खस्दा जुनीचाँदे गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही ,स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै छेडागाड नगरपालिका वडा नम्बर ५ का कर्णबहादुर शाही, जुनीचाँदे ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिनु भयो ।

जीप चालक गोरख बस्नेत फरार भएकाले स्थानीयले घटनालाई शंकास्पद भएको भन्दै कार्यवाहक अध्यक्ष र प्रमुख जिल्ला अधिकारी नआएसम्म शव उठाउन नदिने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया