जाजरकाेट जीप दुर्घटना : ज्यान गुमाउने ७ जनाकै परिवार शव बुझ्न तयार

 असोज २२, २०७७ बिहिबार १९:४३:२८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटनामा ज्यान गुमाउनेका परिवार शव बुझ्न तयार भएका छन् । घटनाबारे छानबिनका लागि समिति गठन गर्ने, दोषीमाथि कारबाही गर्ने र मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएसँगै मृतक सात जनाकै परिवार शव बुझ्न तयार भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी टेकराज बराल, राष्ट्रिय सभाका सदस्य मायाप्रसाद शर्माललगायतको टोली र मृतकका परिवारबीच सहमति भएको हो । छलफलका क्रममा मृतकका आफन्तले ढुङ्गामुढा गरेपछि केही समय तनावसमेत भएको थियो ।

बुधबार जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रका लागि छुटेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ काे औल खोलामा भिरबाट खस्दा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित सात जनाको ज्यान गएको थियो ।

जीप चालक गोरख बस्नेत घटनालगत्तै भागेकोले घटना शङ्कास्पद भएको भन्दै मृतकका परिवारले विरोध गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया