एक लाख ५८ हजार नगदसहित चार जना जुवाडे पक्राउ

 असोज २५, २०७७ आइतबार ९:१:३५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी  - एक लाख ५८ हजार नगदसहित जुवातास खेल्दै गरेका चार जना नवलपरासीमा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले मध्यबिन्दु नगरपालिका-२, कोल्हुवाको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हेमकान्त चौधरी, बबरजंग चौधरी, विवेक थनेत र अरुण भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

उनीहरुको साथबाट एक लाख ५८ हजार नगद बरामद गरिएको प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया