इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल ख...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – देशका अरु ठाउँको तुलनामा काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । मंगलबार मात्रै उपत्यकामा एक हजार सात सय ४६ जनामा सङ्क्रमण देखिएको छ ।
उपत्यकामा सङ्क्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । काठमाण्डौ महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन् । काठमाण्डौ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।
सबैभन्दा धेरै वडा नं. १६ मा सक्रिय संक्रमित ६१६ जना छन् । यस्तै वडा नं. १५ मा ५८१, वडा नं. ९ मा ५२०, वडा नं. ३२ मा ४१३, वडा नं. १४ मा ३९४, वडा नं. १० मा ३८५, वडा नं. ७ मा ३६२, वडा नं. ३ मा ३५३, वडा नं. ४ मा ३४६, वडा नं. ६ मा ३२१ र वडा नं. २६ मा ३१० जना सक्रिय संक्रमित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।