अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा एलन मस्कलाई विशेष पदमा नियुक्त

 कात्तिक २८, २०८१ बुधबार १२:११:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई 'डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी' (डीओजीई) प्रमुख पदमा नियुक्त गर्नुभएको छ । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो ।

राष्ट्रपतिको चुनावमा ट्रम्पलाई सघाउनुभएको मस्कले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने बीबीसीको खबरमा उल्लेख छ ।

मस्क नेतृत्वको 'डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी' (डीओजीई) मा भारतीय मूलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गर्नुभएको छ । खर्च कटौतीका लागि ट्रम्प अनावश्यक सरकारी विभाग र एजेन्सीहरूलाई बन्द गर्नुपर्ने र अप्रासङ्गिक नियम कानून संशोधनको तयारीमा हुनुहुन्छ ।

यसका लागि ट्रम्पले 'सेभ अमेरिका' नाम दिएर अभियान चलाउने बताउनुभएको छ । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने खबरमा उल्लेख छ । यस्तै ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षामन्त्रीमा मनोनयन गर्नुभएको छ ।

यसअघि ट्रम्पले हिजो फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार र मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्तिको घोषणा गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया