इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल ख...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले कोरोना सङ्क्रमितका लागि आवश्यक पर्ने आईसीयू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डिसिभिरलगायत अत्यावश्यक औषधिहरुको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
सङ्घका महासचिव बद्री रिजालले शुक्रबार विज्ञप्ति निकालेर कोरोना सङ्क्रमणको दर बढिरहेको तर सरकारको तयारी नबढेको भन्दै तत्काल अत्यावश्यक पूर्वाधार र औषधिको सहज उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
महासचिव रिजालले विज्ञप्तिमार्फत काठमाण्डाैसहित देशभर कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि औषधि र पूर्वाधार अभाव हुँदा सङ्क्रमित सडकमा भौतारिरहनुपरेको खबरले आफूहरुको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
नेपालमा अहिलेसम्म एक लाख २१ हजारभन्दा धेरै व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये अहिलेसम्म झण्डै सात सय जनाले ज्यान गुमाइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।