इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल ख...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले कोभिड-१९ सङ्क्रमणको परीक्षण तथा उपचार निःशुल्क गर्ने/गराउने आधार जारी गरेको छ । सरकारले तोकेका निःशुल्क परीक्षण तथा उपचारका लागि लक्षित वर्गहरुले निःशुल्क आधारबारे केन्द्रले सूचना जारी गरी थप प्रस्ट पारेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै सरकारले लक्षण देखिएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।
निःशुल्क उपचार तथा परीक्षणका लागि विपन्न वर्ग दाबी गर्न विपन्न परिचयपत्र र विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिका अनुसारको सिफारिस भएको वा स्वयं घोषणा मध्येको एक, अशक्तताको प्रमाणपत्र वा स्वयं घोषणा, असहायको सिफारिस वा स्वयं घोषणा, असहाय एकल महिलाको प्रमाणपत्र वा स्वयं घोषणा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
अति अपांगताको प्रमाणपत्र हुनुपर्ने, जेष्ठ नागरिकको हकमा ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा निःशुल्क परीक्षण तथा उपचार पाउने भनिएको छ ।
आकस्मिक उपचारका लागि आधार प्रमाणहरु नभएकै कारणले उपचारबाट वञ्चित गर्न नपाइने पनि सूचनामा उल्लेख छ । कुनै विभेद गर्न नपाइने भनिएको छ । केन्द्रले निःशुल्क भनिएका व्यक्तिहरुले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च त्यही बीमा रकमबाट व्यहोर्ने स्पष्ट पारेको छ ।
केन्द्रका प्रमुख डाक्टर समिरकुमार अधिकारीले सरकारले जारी गरेको आधार र प्रमाण अनुसार सम्पूर्ण अस्पताल तथा प्रयोगशालाले यो निर्णय लागू गर्न आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।