बाराको बलिरामपुर नाकामा कपडा तस्करसँग झडप हुँदा तीन जना सशस्त्र प्रहरी घाइते

 कात्तिक ४, २०७७ मंगलबार १२:३७:२८ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको विश्रामपुर गाउँपालिकाको बलिरामपुर नाकामा कपडा तस्करसँग झडप हुँदा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

हिजो बेलुकी सशस्त्र प्रहरीको कलैयामा रहेको गण र बरैनिया बीओपीबाट खटेको टोलीमाथि आक्रमण हुँदा तीन जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभयो । कपडाको तीनवटा ठूलो पोका नियन्त्रणमा लिने क्रममा तस्करहरुले सशस्त्र प्रहरीको टोलीमाथि लाठी र बाँसको भट्टासहित आक्रमण गरेका उहाँले बताउनुभयो ।

उहाँका अनुसार तस्करहरुले कपडासमेत खोसेर भारततर्फ नै फिर्ता लगेका छन् । बलिरामपुरमा सशस्त्र प्रहरीको फरवार्ड बेसका सशस्त्र प्रहरी निरीक्षक होमबहादुर खत्री र प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलले मासिक रकम लिएर कपडा तस्करी गराइरहेको सूचना पाएपछि सशस्त्र प्रहरीको गणबाट कपडा समात्न टोली परिचालन गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया