शनिबार काठमाण्डाै उपत्यकामा १ हजार ११० सङ्क्रमित थपिए

 कात्तिक ८, २०७७ शनिबार १७:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार एक सय १० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार काठमाण्डाैमा आठ सय ३२ जना, भक्तपुरमा एक सय दुई जना र ललितपुरमा एक सय ७६ जनामा सङ्क्रमण देखिएकाे हाे । 

त्यस्तै गएकाे २४ घण्टामा १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण देशैभर दुई हजार दुई सय २५ सङ्क्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ । शनिबार थपिएकासँगै नेपालमा सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेकाे छ । 

त्यस्तै सङ्क्रमितमध्ये एक लाख आठ हजारभन्दा धेरै डिस्चार्ज भइसकेका छन् भने आठ सय ४२ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया