माटाेकाे ढिस्काेमा पुरिएर जाजरकाेटमा २ जनाको ज्यान गयाे, २ जना घाइते

 कात्तिक ८, २०७७ शनिबार १७:१९:३० | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – छेडागाड नगरपालिका ३ काे दशेरा जाजरकोट अस्पताल डाँडामा सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएकाे छ भने दुई जना घाइते भएका छन् । ​

घटनामा ज्यान गुमाउनेमा छेडागाड ३ चुवाकी ३० वर्षीया शितला जैसी, १६ वर्षिया आरती दाहाल रहेका छन् । त्यस्तै घटनामा घाइते हुनेमा २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी धनसरी चनारा रहेका छन् ।

घाइतेहरुकाे स्थानीय स्वास्थ चौकी दशेरामा प्राथमिक उपचारपछि वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत सङ्घीय तथा प्रदेश सभासद ,स्थानीय जनप्रतिनिधि र स्थानीयकाे पहलमा एअर एम्बुलेन्समा प्रदेश अस्पताल सुर्खेतमा लैजाने तयारी भएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया