नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्का...
मंसिर ८, २०८१ शनिबार
सप्तरी – सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकल चालक मोरङको उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका वडा नगरपालिका ७ का मुकेश सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी भुवनेश्वर साहका अनुसार श्रेष्ठको विराटनगर र सिंहको राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा परि घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तकोशी नगरपालिका वडा नगरपालिका ७ का २५ वर्षका अनिलकुमार यादवको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।