जिल्ला अस्पताल कालीकोटमा आकस्मिक बाहेक सबै सेवा बन्द

 कात्तिक १३, २०७७ बिहिबार १०:१०:४० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - जिल्ला अस्पताल कालीकोटमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट कालीकोटका ४ स्वास्थ्यकर्मीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म कालीकोटमा कोरोना सङ्क्रमितको संख्या २ सय ३० पुगेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।

निको हुनेको संख्या १ सय ७४ पुगेको छ । अहिले ५६ जना जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा छन् ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया