च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
सप्तरी - सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर १० र ११ सिल गरिएको छ ।
३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आउँदो १८ गतेसम्मका लागि वडा नम्बर १० र ११ सिल गरिएको हो । यो अवधिमा अति-आवश्यक बाहेकका काम पूर्णरुपमा बन्द गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै इलाका प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालका लागि कार्यालयबाट प्रदान हुने सेवाहरु स्थगित गरेको जनाएको छ ।
कार्यालयका प्रमुख र अन्य कर्मचारी कोरोना सङ्क्रमण पुष्टि भएको तथा सप्तकोशी नगरपालिका कोरोना सङ्क्रमण बढेको हुनाले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु अनिश्चितकालको लागि बन्द भएको हो ।