जाजरकोटमा डिजेल बोकेको ट्र्याक्टर दुर्घटना, एक ज्यान गयो

 कात्तिक १५, २०७७ शनिबार १३:२५:१२ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आज बिहान सल्यानको सल्लीबजारबाट  जाजरकोटको कुशे गाउँपालिका-६ का लागि छुटेको भे १ त ८३१४ ट्र्याक्टर जाजरकोटको छेडागाड नगरपालिका-१० को धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका रामबहादुर सिंहको ज्यान गएको प्रहरीले जनाएको छ ।

सल्ली बजारबाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको सडक निर्माणमा डोजरको लागि चाहिने डिजेल बोकेर गएको ट्र्याक्टर दुर्घटनामा परेको हो  । जाजरकोटमा नेपाल आयल निगमको पेट्रोल पम्प  नहुँदा सल्ली बजारबाट तेल ढुवानी गरिँदै आएको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया