नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गयो

 कात्तिक १६, २०७७ आइतबार १०:३७:७ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी  - नवलपरासीकाे पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैँडाले आक्रमण गरेको हो ।

उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उहाँको ज्यान गएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया