कार र रिक्सा ठोक्किँदा सप्तरीमा २ जनाको ज्यान गयाे, ५ घाइते

 कात्तिक १७, २०७७ सोमबार १९:३३:५८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरीमा रिक्सा र कार एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

 पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत  सप्तरीको कञ्चनरुप नगरपालिका -२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको को २ ह ३४९८ नम्बरको सिटी रिक्सा एकआपसमा ठोक्किँदा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका मध्ये हनुमाननगर कंकालिनी नगरपालिका वडा न. २ का ७० वर्षीय द्वारिकालाल दास र त्यही नगरपालिका वडा नं. १ का ७० वर्षीय बद्रि मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुवैजनाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया