कालीगण्डकी करिडोरमा खटिएका मजदुर पहिरोमा पुरिए

 कात्तिक १९, २०७७ बुधबार २०:७:४१ | दयाराम आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नवलपरासी – कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदुर पहिरोमा पुरिएका छन् । नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको बुलिङटार गाउँपालिका ३ मा कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदुर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो ।

बुधबार साँझ ५ बजेको समयमा यस खण्डमा कार्यरत मजदुर ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । पहिरोमा कति जना पुरिएका छन् भन्ने यकिन नभएको उहाँको भनाइ छ ।

पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पहिरोमा पाँच जना पुरिएको आशङ्का गरिएको भए पनि अहिले पनि पहिरो पन्छाएर खोजी भइरहेकाेले यति नै मजदुर पुरिएका छन् भन्ने यकिन नभएको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।

अहिले त्यस ठाउँमा इलाका प्रहरी कार्यालय बुलिङटारको प्रहरी टोली उद्धारमा खटिएको उहाँले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया