कालीगण्डकी कोरिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच मजदुरको ज्यान गयो

 कात्तिक २०, २०७७ बिहिबार ६:९:५६ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी कालीगण्डकी कोरिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको ज्यान गएको छ ।

नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदार हिजो बेलुका सुख्खा पहिरोमा पुरिएका थिए । ग्याभिनमा ढुङ्गा भरिरहेका पाँच जना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो  । 

पहिरोमा पुरिएर बुलिङटार गाउँपालिका वडा नम्बर चारका २० वर्षका गोपाल गरञ्जा, २० वर्षकै चेतबहादुर अस्लामी मगर, २० वर्षका ताराबहादुर लुङ्गेली, २८ वर्षका तुलबहादुर सारु र ४२ वर्षका सुनबहादुर पुलामीको ज्यान गएको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख मल्लले बताउनुभयो । 

पहिरोमा परि दुई जना घाइते भएका छन् । २१ वर्षका कृष्ण लुङ्गेली र १९ वर्षका केवलसिंह लुङ्गेली मगर घाइते भएका र उनीहरुको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया