टिपर भिरबाट खस्दा दुई जनाको ज्यान गयाे

 कात्तिक २०, २०७७ बिहिबार २०:३:१५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर भिरबाट खस्दा दुई जनाको ज्यान गएकाे छ ।

विनयी त्रिवेणी गाउँपालिका ३ काे भुटुकेडाँडा सल्लाघारीकाे भित्री सडक खण्डमा होङ्शी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर बिहीबार भिरबाट खसेकाे हाे । 

टिपर भिरबाट झण्डै तीन सय मिटर तल खस्दा टिपर चालक बाराकाे सिमराका ४२ वर्षीय रामहरी थापा र सहचालक ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी विशाल तामाङले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया