करको दर हैन दायरा बढाउँदै भरतपुर महानगरपालिका
माघ १०, २०७७ शनिबार
मकवानपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडामा रहेकाे कार्यालयले दश लाख रुपैयाँ घुस रकमसहित प्राधिकरणका इन्जिनियरलाई पक्राउ गरेको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवाैँ तहका इन्जिनियर ईश्वरीप्रसाद जयसवाललाई पक्राउ गरेको हो ।
हेटौँडाको बसपार्कमा रहेको एक होटलमा ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा जैसवालले दश लाख रुपैयाँ घुस रकम मागेका थिए । त्यही घुस रकम दिँदा दिँदै उनलाई पक्राउ गरिएको हो । पक्राउपछि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानको हेटाैँडा कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमकिरण बोगटीको नेतृत्वमा रहेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।