रौतहटमा फेरि निषेधाज्ञा

 कात्तिक २२, २०७७ शनिबार ७:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट ‍- कोरोना सङ्क्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः निषेधाज्ञा लगाएको छ । 

जिल्ला प्रशासन कार्यालयले दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको हो । 

गएराति १२ बजेदेखि आउँदो मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । 

निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै पालिका, व्यापारिक संघसंस्था, सामाजिक संघसंस्थालाई उहाँले आग्रह गर्नुभएको छ । 

निषेधाज्ञाका बेला खेलकुद, नाच, मेला, भीडभाड, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्न पाइनेछैन । 

मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक तथा सांस्कृतिक स्थलमा पनि दैनिक नित्य पूजाबाहेक गतिविधि सञ्चालन नगर्न भनिएको छ ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया