कर्मचारीमा कोरोना देखिएपछि लमजुङको मर्स्याङ्दीमा आउँदाे शुक्रबारसम्म अत्यावश्यक बाहेकका सेवा बन्द

 कात्तिक २३, २०७७ आइतबार २०:३३:११ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीका साथै पालिकामा समुदायस्तरमै कोरोना सङ्क्रमण देखिएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको शनिबारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार गाउँपालिका कार्यालय, वडा कार्यालय, सम्पूर्ण शाखा (स्वास्थ्य सेवा बाहेकका) र पालिका मातहतका कार्यालयका अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि शुक्रबारसम्म ६ दिनका लागि बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।

यस्तै अनावश्यक भेला, जमघट र भिडभाड नगर्न एवं सुरक्षित रहन गाउँपालिकाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया